गोरखा । गोरखामा यात्रुबाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । नारायणगढबाट भच्चेक जाँदै गरेको ना ५ ख ५३०५ नम्बरको बस् सिरानचोक गाउँपालिका–४ राम्चेमा बुधबार दिउँसो दुर्घटना भएको हो ।
घाइतेमध्ये पाँच जनालाई उपचारका लागि चितवन रिफर पठाइएको र बाँकी १५ जनाको छेपेटारस्थित पृथ्वीनारायण सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको छ ।
प्रहरीका अनुसार बस अनियन्त्रित भइ सडकमै पल्टिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया