माओवादीको केन्द्रीय समितिले पायो पूर्णता, विप्लवलाई छाडेका पुन केन्द्रीय सदस्य

लोकपथ
91
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । सोमबार जारी बैठकमा केन्द्रीय कार्यसमिति सदस्य मनोनित संख्या ३ सय ७७ पुगेसँगै कार्यसमितिले पूर्णता पाएको हो ।

बैठक आइतबारदेखि लगातार दुईदिनसम्म चलेको हो । भर्खरै मात्रै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका ओमप्रकाश पुनलाई केन्द्रीय सदस्य बनाईएको छ । माओवादीको केन्द्रीय समितिमा पेस भएको नामावलीअनुसार संविधासभा सदस्य ल्यारकाल लामा पनि माओवादी केन्द्रीय समितिमा मनोनित भएका छन् ।

बैठकमा विभिन्न ९ वटा एजेन्डामाथि समेत छलफल भएको छ । हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि ९ वटा एजेन्डा प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?