माओवादीको केन्द्रीय समिति बैठक आज पनि जारी, के छ एजेण्डा ?

लोकपथ
0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि चलिरहेको छ ।

आइतबार (हिजो) देखि सुरु भएको बैठक लगातार दुईदिनसम्म चलिरहेका हो ।

बैठकमा विभिन्न ९ वटा एजेन्डामाथि छलफल भइरहेको छ । हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि ९ वटा एजेन्डा प्रस्तुत गरेका छन् । अध्यक्ष प्रचण्डले एजेन्डा प्रस्तुत गरेपछि प्रदेश इन्चार्ज तथा अध्यक्षहरूले रिपोर्टिङ गरेका थिए ।

पहिलो दिन बसेको केन्द्रीय समितिको बैठकले ३७३ केन्द्रीय सदस्यको टुंगो लगाइएको थियो ।

जसमा पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष र अन्य ३७२ जना केन्द्रीय समिति सदस्य रहेका छन् । पदाधिकारीको भने अझै टुंगो लाग्न बाँकी छ । नेताहरूले बैठकको समय लम्ब्याएर भएपनि पदाधिकारी टुंगो लगाएरै छाड्न नेतृत्वलाई दबाब दिएका छन् ।

पहिलो दिन बाग्मती र उपत्यका बिशेष कमिटीले रिर्पोटिङ गरेको भएपनि बाँकी प्रदेशको रिर्पोटिङ भने आजबाट सुरु हुने बताइएको छ ।

त्यसैगरी आजको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन माथीको टिप्पणी तथा स्थानीय तहको निर्वाचनको समिक्षा, संघीय निर्वाचनको तयारी, संगठनात्मक अवस्थालगायतका विषयमा प्रदेश अनुसार रिर्पोटिङ जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?