काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसेको छ ।
पछिल्लो समय पेचिलो बन्दै गएको प्रदेश मुख्यमन्त्री परिवर्तनको विषयमा छलफल गर्न नेकपा एसको सचिवालय बैठक बसेको हो । कान्तिपथस्थित होटल यल्लो प्यागोडामा जारी बैठकमा बागमती प्रदेश सरकारको मुख्यमन्त्री परिवर्तनको विषयमाथि प्रमुख एजेन्डाका रूपमा छलफल भईरहेको स्रोतले जनाएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री पद छाड्नुपर्ने दबाब दिईरहेका छन् । यसअघि भएको सहमति अनुसार नै बागमतीमा नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री छोड्नुपर्ने दबाब दिईरहेका छन् । सहमति पालना नभए बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउने रणनीतिमा सत्ताघटक कांग्रेस र माओवादी रहेका छन् ।
तर, मुख्यमन्त्री पाण्डेले पनि पद जोगाउन एमालेसँग पनि संवाद अगाडि बढाएका छन् । बागमतीको मुख्यमन्त्री सजिलै त्याग्ने पक्षमा नेकपा एस छैन, एकीकृत समाजवादीले मुख्यमन्त्री छोड्नुपरे सुदूरपश्चिमको मुख्यमन्त्री चाहिने अडान लिदै आएको छ । सुदूरपश्चिम प्रदेश सभामा नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया