काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले मंगलबारका लागि बैठक आह्वान गरेका हुन् ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना गठनका सम्बन्धमा छलफल हुने बताइएको छ ।
ककांग्रेसले आगामी असार २७ गते सोमबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।
बैठकमा शेखर समूहले देउवामाथि लगाएको आरोपबारे समेत छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया