काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
केहीबेरअघि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान बैठक सुरु भएको हो।
बैठकमा भाग लिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरु प्रज्ञा प्रतिष्ठान पुगेका छन् ।
आजबाट देखि सुरु हुने केन्द्रीय समिति बैठकले गत स्थानीय तहको निर्वाचनको समीक्षा, आगामी निर्वाचनको रणनीति र पदाधिकारी चयनबारे छलफल गर्नेछ । गत पुसमा सम्पन्न महाधिवेशनले १५ सदस्यीय पदाधिकारी गठन गर्ने निर्णय गरे पनि अझै पनि चयन हुन सकेका नसकिरहेको बेला केन्द्रीय समिति बैठक सुरु हुन लागेको हो ।

राष्ट्रिय महाधिवेशन सम्पन्न भएको सात महिना बितिसक्दा पनि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन ।
माओवादीमा कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत महासचिवको आकांक्षी छन् ।

के के छन् एजेण्डाहरु :
१. सहिदहरूप्रति श्रद्धाञ्जली
२. केन्द्रीय समितिका नयाँ सदस्यको सपथ ग्रहण
३. बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी
४. प्रदेश समितिका अध्यक्ष र इञ्चार्जबाट प्रदेश स्थितिबारे रिपोर्ट
५. अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट
६. संगठनात्मक विषय र संरचनाबारे
७. स्थानीय निर्वाचनको समीक्षा
८. आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीबारे
९. विविध
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया