काठमाडौं । बालबालिकाको लागि थप २४ लाख मात्रा खोप नेपाल आइपुगेको छ ।
आइतबार बिहान ५ देखि ११ वर्ष उमेर समूहका बालबालिका लागि कोरोनाभाइरसविरुद्धको थप करिब २४ लाख मात्रा फाइजर खोप आइपुगेको हो ।
स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाका अनुसार कोभ्याक्स सुविधामार्फत २३ लाख ९९ हजार ३०० मात्रा पेडियाट्रिक डोज खोप नेपाल आइपुगेको हो ।
उनका अनुसार नेपाललाई प्राप्त सो परिणामको खोप हाल अभियान जारी रहेको देशका २७ जिल्लामा पठाइने उनले बताए । खोप अभियान सञ्चालन गरिएका २७ जिल्लाका पहिलो मात्रा लगाउन छुटेका बालबालिकालाई समेत यो खोप दिइनेछ ।
उक्त माइनस ७० डिग्री सम्मको तापक्रममा भण्डारण गर्नुपर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया