आईजीपी नियुक्तिविरुद्धको मुद्दामा सुनुवाई सुरु

लोकपथ
238
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाई सुरु भएको छ ।

सर्वोच्चका कायममुकायम प्रन्या दीपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासमा सुनुवाई सुरु भएको हो ।

सरकारले प्रहरी प्रमुख आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेसँगै त्यसकोविरुद्ध एआईजी विश्वराज पोखरेलले उक्त नियुक्ति खारेजीको मागसहित रिट दायर गरेका थिए ।

बढुवाको पहिलो नम्बरमा रहेका पोखरेललाई पन्छाउँदै सरकारले तेस्रो नम्बरका सिंहलाई प्रहरी प्रमुखको जिम्मेवारी दिएसँगै पोखरेलले रिट दायर गरेका थिए ।

वैशाख १८ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार सरकारले सिंहलाई आईजीपीमा नियुक्त गरेको थियो ।

यसअघि पनि उक्त मुद्दा निरन्तर ‘हेर्दाहेर्दैमा’ राखिएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?