फुटको संघारमा पुगेको जसपाले बोलायो केन्द्रीय समिति बैठक

लोकपथ
14
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीयसमितिको बैठक बोलाएको छ ।

पार्टी विवाद चरमोत्कर्षमा पुगी फुटको संघारमा पुगेका बेला जसपाले केन्द्रीय समितिको बैठक बोलाएको हो ।

छलफलका लागि आगामी असार २७ र २८ गते मधेश प्रदेशको वीरगञ्जमा बैठक बोलाइएको जसपाका कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

जसपाभित्रको विवाद उत्कर्षमा पुगेसँगै पार्टी फुटको संघारमा पुगेको छ । बुधबार मध्यराति केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच सहमतिमै छुट्टिने तयारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?