काठमाडौं । यो साता सेयर बजार आन्दोलनमय भयो । नेप्से लगातार ओरालो लागेर दुई हजार अंकसम्म झरेपछि लगानीकर्ताहरु अत्तालिए । लगानीकर्ताहरुले सेयर बजार घट्नुको प्रमुख कारका तत्व नेपाल राष्ट्र बैंकलाई मानेका छन् ।
सोही आधारमा लगानीकर्ताहरुले बिभिन्न संठगनमार्फत दवाव दिदैं प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ज्ञापनपत्र बुझाए । प्रधानमन्त्री देउवाले पनि आफु सदैव सेयर लगानीकर्ताहरुको हितमा रहेको आश्वासन दिंदै नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लगायतका संस्थाहरुलाई तत्काल पुंजी बजार सुधारको लागि काम गर्न निर्देशन दिए ।
तर प्रधानमन्त्री देउवाको सेयर बजार सुधार गर्ने प्रतिवद्धतालाई लगानीकर्ताहरुले पत्याएनन् । प्रधानमन्त्री मन्त्रीको निर्देशन पश्चात तेस्रो कारोबार दिन नेप्से उच्च अंकले बढ्यो । तर त्यो बढाई नेप्सेमा लामो समयसम्म टिक्न सकेन् । लगानीकर्ताहरुले पुंजी बजार सुधारको लागि माग गर्दै नेपाल स्टक एक्सेन्जमा धर्ना दिने, कार्यालय घेराउ गर्ने, मोटर साईकल र्याली गर्ने लगायतका बिरोधका कार्यक्रमह सञ्चालन गरे । तर नेप्सेमा यि कुनै पनि कुराको प्रभाव देखिएन । सोही आधारमा सातामा नेप्से २ हजार ४८ दशमलव १६ अंकमा रोकिन पुग्यो भने सेन्सिटिभ इन्डेक्स पनि ३ सय ९२ दशमलव २५ अंकमा अंकमा रोकिन पुग्यो ।
यो साता नेप्सेमा २ सय ३१ वटा कम्पनीहरुको सेयर खदि बिक्री भएका छन् । जसअुसार एक लाख ३४ हजार नौं सय ३० पटकको कारोवारमा २ करोड ५ लाख ९५ हजार १ सय ९५ कित्ता शेयर हुंदा कुल कारोबार रकम ६ अर्ब ५९ करोड ३३ लाख ६३ हजार १ सय २६ रुपैंयाँ पुगेको छ । नेप्सेका अनुसार यो कारोबार रकम गत साताको तुलनमा थोरै अंकले मात्र बढी हो । गत साता २ सय २९ वटा कम्पनीहरुको १ लाख २६ हजार १ सय २८ पटक कारोबारमा १ करोड ७६ लाख ६१ हजार ७ सय ३५ कित्ता शेयर किनबेच हुंदा कुल कारोबार रकम ६ अर्ब २० करोड ३९ लाख १३ हजार २ सय ६४ रुपैयाँ कायम भएको थियो ।
नेप्से यो साता नियमित कारोबारको लागि पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । सो मध्ये तेस्रो कार्यदिन नेप्से बढेपनि बाँकी दिनहरुमा भने नेप्से सुचक तथा कारोबार रकम दुबै घटेका थिए ।
जसमध्ये पहिलो दिन १२ दशमलव ८९ अंकले घटेर २ हजार ६५ दशमलव ८२ अंकमा झरेको नेप्से दोस्रो दिन पुन ४५ दशमलव ५९ अंकले घटेर २ हजार २० दशमलव २३ अंकमा झरेको थियो । तेस्रो दिन भने ६० दशमलव २२ अंकले बढेर २ हजार ८० दशमलव ४४ अंकमा चढेको नेप्से चौंथो दिन पुन १७ दशमलव ६४ अंकले घटेर २ हजार २ सय ६२ दशमलव ८० अंकमा पुगेको थियो । यसैगरी पाँच दिन पनि नेप्से १४ दशमलव ६४ अंकले घटेर २ हजार ४८ दशमलव १६ अंकमा सिमित हुन पुगेको थियो ।
यसैगरी यो साता पहिलो दिन ३ दशमलव १२ अंंकले घटेर ४ सय दशमलव ३६ अंकमा पुगेको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन पुन ११ दशमलव २४ अंंकले घटेर ३ सय ८९ दशमलव १२ अंकमा पुगेको थियो । तेस्रो दिन ११ दशमलव २५ अंंकले बढेको सेन्सिटिभ इन्डेक्स चौंथो दिन भने ४ दशमलव शुन्य १ अंंकले घटेर ३ सय ९६ दशमलव ३६ अंकमा झरेको थियो । पाँचौं दिन पनि सेन्सिटिभ इन्डेक्स ४ दशमलव ११ अंंकले घटेर ३ सय ९२ दशमलव २५ अंकमा सिमित हुन पुगेको थियो ।
यो साता नेपाल टेलिकम, नबिल, बैंक आदिको बढी रकम कारोबार हुंदा नेपाल टेलिकम, नेशनल हाईड्रो पावर कम्पनी, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच हुन पुगेको छ । यसैगरी बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि पर्न सफल भएका छन् ।
यस्तो रह्यो यो साता दैनिक शेयर कारोबार (संख्या र रुपैयाँमा)
दिन कम्पनी संख्या कारोबार संख्या कित्ता कारोबार रकम
पहिलो दिन २२८ २५९०८ ४४०९६९१ १२७३३८५२७७
दोसो दिन २३४ २८९५९ ३८८७७४८ १३१२८०६५६३
तेस्रो दिन २३१ ३०६८४ ५००५८१४ १६४०३५६६०८
चौंथो दिन २२९ ३०७६२ ४१५६१०४ १४७२६९०५५४
पाँँचौं दिन २२९ १८६१७ ३०४५८३८ ८९४१२४११४
कुल १३४९३० २०५९५१९५ ६५९३३६३११६
(श्रोत नेपाल स्टक एक्सचेन्ज लिमिटेड)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया