सिसडोल तनावग्रस्त : फोहोर रोकेपछि प्रहरी र स्थानीयबीच लफडा (भिडियोसहित)

लोकपथ
3k
Shares

काठमाडौं । नुवाकोटको सिसडोलस्थित बञ्चरेडाँडामा स्थानीयले फोहोर व्यवस्थापनमा रोक लगाएपछि प्रहरीले बल प्रयोग गरेको छ ।

सोमबार भएको सहमति अनुसार फोहोर व्यवस्थापनका लागि गएका गाडीहरुलाई स्थानीयले फर्काइदिएपछि प्रहरी परिचालन गरिएको छ ।

 

सोमबार शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र त्यहाँका जनप्रतिनिधिहरुबीच सहमति भएसँगै आजबाट फोहोर व्यवस्थापन हुने भनिएकोमा पूर्व घोषित मागहरु पूरा नभएको भन्दै आज पनि स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध खडा गरेका थिए ।

जनप्रतिनिधिहरु र प्रहरीसहित फोहोर व्यवस्थापनका लागि पुगेको गाडीलाई स्थानीयले रोकेपछि काठमाडौंबाट ठूलो संख्यामा प्रहरी लगेर स्थानीयमाथि धरपकड गरिएको एक स्थानीयले लोकपथलाई बताए । सो क्रममा प्रहरीले केही स्थानीयलाई जबरजस्ती गरेको भिडियोहरु सार्वजनिक भएका छन् । भने फोहोरमैला व्यवस्थापन संघर्षसमितिका संयोजक श्रीराम ढुंगानासहित दर्जनौँलाई प्रहरीले प्रकाउ गरेको ती स्थानीयले लोकपथलाई जानकारी दिए ।

अहिले सिसडोल र बञ्चरेडाँडाको बिच भागमा स्थानीय र प्रहरीबीच सहमतिको प्रयास भइरहेको छ ।

https://www.facebook.com/bajagai.shree/videos/371352701728160

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?