काठमाडौं । एशियाली खेलकुद ‘एशियाड’ को १८ औं संस्करण शनिवारदेखि इन्डोनेशियामा शुरु हुँदैछ ।
एसियाका नेपालसहित ४५ देशले विभिन्न ४० खेलका ४ सय ६५ विधामा प्रतिस्पर्धा गर्दैछन्। नेपालले २९ खेलमा भाग लिदैछ । यसपटकको ‘एशियाड’मा १ सय ८५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जस अन्तर्गत पुरुषमा १ सय २९ र महिलामा ५ सय ६ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।
उद्घाटन समारोहमा उपलब्ध खेलाडीहरु मार्चपासमा सहभागी हुनेछन्। उद्घाटन सत्रमा नेपालीको प्रतिनिधित्व गर्दै भारोत्तलनका कमलबहादुर अधिकारीले नेपालको चन्द्र सूर्यअंकित झण्डा बोक्दैछन्।
मार्चपासमा टोलीको नेतृत्व गर्दै झण्डा बोक्नुलाई खेलाडीको सम्मानका रुपमा लिइन्छ । विशेषगरि सिनियर खेलाडीले मार्चपासमा नेपाली झण्डा बोक्ने परम्परा छ ।
नेपाली टोलीको नेतृत्व गर्दै दक्षिण एशियाली खेलकुद ‘साग’का पदक विजेता कमलले मार्चपासमा झण्डा बोक्न पाउदा खुशी लागेका बताए । साथै, उनले नेपालको झण्डा बोकेर ४५ देशका खेलाडी तथा अफिसियल समक्ष प्रस्तुत हुन पाउनु गर्वको कुरा भएको जानकारी दिए ।
कमल ‘एशियाड’मा भाग लिएका नेपालका खेलाडीमध्ये सिनियर हुन्। उनले ‘एशियाड’मा ७७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछन्।
उनले सन् २००६ मा श्रीलंकामा आयोजना भएको दशौं ‘साग’मा स्वर्ण पदक जितेका थिए। त्यतिबेला कमलले ६९ केजी तौल समूहमा नेपालका लागि पहिलो स्वर्ण पदक जितेका थिए ।
त्यसयता कमलले ओलम्पिक गेम्समा पनि भाग लिए। ‘एशियाड’मा उनले लगातार चौथो पटक प्रतिस्पर्धा गर्दैछन्।
गत वर्ष दक्षिण कोरियाको इन्चोनमा एशियन सिनियर कप र एशियन इन्टर क्लब भोरोत्तोलन च्याम्पियनसिपमा उनले ६ वटा पदक जितेका थिए । त्यतिबेला उनले ७७ केजी स्न्याचमा १ सय १७ र क्लिन एन्ड जर्कमा १ सय ४० केजीसहित कुल २ सय ५७ केजी तौल उठाउँदै ६ कास्य पदक जितेको थियो ।
कमलले सन् २००८ मा चीनमा भएको बेइजिङ ओलम्पिकमा पनि सहभागिता जनाएका थिए ।
यसैबीच ‘एशियाड’ को लागि सबै तयारी पूरा भएको जानकारी दिएको छ । प्रतियोगितामा करिब ११ हजार ५ सय खेलाडी सहभागी हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया