भारतमा ७२औँ स्वतन्त्रता दिवस मनाइँयो, प्रधानमन्त्री मोदीले गरे झण्डोत्तलन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ७२औँ स्वतन्त्रता दिवसको अवसरमा झण्डोत्तलन गरेका छन् । 

सो पछि मोदीले लालकिल्लाको मञ्चबाट ८२ मिनेटको भाषण दिए । उक्त भाषणको क्रममा मोदीले तीन नयाँ कार्यक्रमको घोषणा गरेका छन् । 

पहिलो घोषणामा मोदीले सन् २०२२ को स्वतन्त्रताको ७५औं वर्षगाँठमा भारतले अन्तरिक्षमा मानवसहितको अभियान पठाउने बताए । भारतले अन्तरिक्षमा मानिस पठाएमा ऊ त्यसो गर्ने चौथो राष्ट्र हुनेछ । 

संसारमा हालसम्म रुस, अमेरिका र चीनले मात्र अन्तरिक्षमा मानव पु¥याएका छन् । रुसले सन् १९६१ मा, अमेरिकाले सन् १९६८ मा र चीनले सन् २००३ मा मानव अभियान अन्तरिक्षमा पठाएका हो ।
दोस्रो घोषणामा सशस्त्र बलहरूमा रहेका महिलाहरूलाई पुरुषको बराबर स्थायी कमिसन दिइने कार्यक्रम छ । 

तेस्रो घोषणामा १० करोड गरिब भारतीय परिवारहरूलाई पाँच लाख भारुसम्मको निःशुल्क स्वास्थ बिमा दिने कार्यक्रम थियो । यो कार्यक्रम डिसेम्बर २५ बाट आयुष्मान भारत योजना सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?