काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ ।
बुधबार र बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यतामा बसेको बैठकले विभिन्न २० निर्णयहरु गरेको छ ।
बैठकले भर्खरै सम्पन्न स्थानीय तहको समीक्षा गर्दै विजयी हुने, उम्मेदवार बन्ने र मतदान गर्ने र सक्रियतापूर्वक परिचालित सबैलाई धन्यवाददेखि केन्द्रीय कमिटी बैठक बोलाउनेसम्मका निर्णयहरु गरेको छ ।
त्यसैगरी मुलुकको वर्तमान अवस्थालाई सुधार गर्नका लागि पूर्ण समानुपातिक संसद, जनताले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रुपमा राजा रहनेलगायतको निर्णय गरेको छ ।
७ असारदेखि तीन दिन चल्नेगरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ भने केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णयअनुसार कार्ययोजना निर्माण गरी अध्यक्षबाट स्वीकृत गराई कार्यान्वयन गर्न सचिवालयलाई जिम्मेवारी दिनेछ ।
साथै बैठकले भ्रष्टाचार, महँगी, मलखादलगायत जनजीविकाका सम्बन्धमा आन्दोलन सञ्चालन गर्ने र आन्दोलन परिचालनका लागि बुद्धिमान तामाङको संयोजकमा समिति गठन गरिएको राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार समिति सदस्यमा धवल शमशेर राणा, कुन्ती कुमारी शाही, गोपाल दाहाल, ज्ञानेन्द्र शाहीसहित प्रदेश प्रमुखहरु रहनेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया