काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।
मेयर साहले बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् ।
भेटमा प्रधानमन्त्री देउवाले काठमाडौं जस्तो ठाउँमा स्वतन्त्रले जितको भन्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । साथै सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसअघि मंगलबार साहले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको तस्बिर सार्वजनिक भएको थियो । उनले स्थानीय निर्वाचनको नतिजा आउने क्रम जारी रहँदा ओलीलाई भेटेका थिए । उनको उक्त तस्बिरबारे सामाजिक सञ्जालमा चर्चा भइरहँदा देउवासँग भेटेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया