सुन तस्करीको संजाल ध्वस्त पार्न सरकार सफल भएको गृहमन्त्री थापाको दाबी

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपालमा पछिल्लो तीन वर्षयता मात्रै करिव ४ हजार किलो सुन तस्करी भएको खुलासा गरेका छन्  । 

मंगलबार संघीय संसद दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले सुन तस्करीमा संलग्न समूहलाई पनि कारबाहीको दायरामा ल्याइएको बताए ।

गृहमन्त्री थापाले नेपालमा सुन तस्करी हुने मुख्य ठाउँ भने दुवही रहेको पनि छानबीनबाट पत्ता लगाइएको भन्दै ३३ किलो सुन तस्करीका लागि गठित छानबीन समितिले सुन तस्करीमा संलग्न ठूलै माछालाई पनि छानबीनको दायरामा ल्याएको दाबी गरे ।

गृहमन्त्री थापाले सुन तस्करीको संजाल ध्वस्त पार्न सरकार सफल भएको दाबी पनि गरे ।

गृहमन्त्री थापाले सडकलगायतका पूर्वाधार निर्माणको काममा ढिलाई गर्ने ठेकेदारहरुलाई कार्वाही गर्ने कामलाई पनि सरकारले निरन्तरता दिईरहेको पनि स्पष्ट पारे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?