काठमाडौं । सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ । अर्थ मन्त्रालयले मंगलबार डिजेल र पेट्रोलमा लिटरमा १०/१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरेको हो ।
अर्थ मन्त्रालयले पेट्रोल र डिजेलमा १०/१० रुपैयाँ कर घटाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । डिजेल र पेट्रोलमा लगाइएको पूर्वाधार कर घटेसँगै मूल्य पनि समायोजना हुनेछ ।
अबको एक साताभित्रै पेट्रोलियम पदार्थको भाउ घट्ने भएको छ। अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले अबको एक साताभित्रै पेट्रोलियम पदार्थको भाउ घट्ने जानकारी गराएका थिए। हाल पेट्रोल प्रतिलिटर १८० तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया