काठमाडौं । सांसदले बाढीपहिरा पीडितलाई राहत तथा उद्धारको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा अधिकाशंं सांसदले विपद् प्रभावितले राहत तथा क्षतिपूर्ति नपाएको र कष्टकर जीवनयापन गर्नुपरेको भए पनि ध्यान नदिइएको गुनासो गरेका छन् ।
सांसद टेकबहादुर बस्नेतले राप्ती राजमार्ग पहिराको जोखिमा परी दैनिकजसो अवरुद्ध हुने गरेकाले मर्मत र सम्भारमा ध्यान दिन आग्रह गरे ।
सांसद दामोदर भण्डारीले बाढीपहिराका कारण प्रदेश नं ७ को पहाडी क्षेत्रमा यातायात सञ्चालनमा समस्या परेको बताए । सांसद पार्वतीकुमारी बिसङ्खेले बाढीपहिराका कारण ललितपुरको पहाडी क्षेत्र प्रभावित भई १६० घरपरिवार विस्थापित हुने अवस्थामा पुगेकाले तत्काल राहतको प्रबन्ध गर्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया