काठमाडौं । आगामी भदौ १ बाट लागु हुने गरी तयार भएको मुलुकी देवयानी संहिता ऐनमा पनि पत्नीको सम्बन्ध र दायित्वको रुपमा आपसी सद्भाव हुनुपर्नेमा जोड दिइएको छ ।
ऐनको विवाहको परिणामसम्बन्धी व्यवस्था अन्तर्गत दफा ८५ मा कुनै पुरुष र महिलाबीच विवाह भएमा त्यस्तो वैवाहिक सम्बन्ध कायम रहेसम्म निजहरू एक अर्काको पति र पत्नीको रूपमा रहेको मानिने उल्लेख छ ।
यस्तै दफा ८६ को पति र पत्नीको सम्बन्ध र दायित्व महलको उपदफा (१) मा पति र पत्नी बीच आपसी पे्रम र सद्भाव हुनु पर्ने उल्लेख गरिएको छ ।
यस्तै आपसी समझदारीबाट अन्यथा व्यवस्था भएकोमा बाहेक पति र पत्नी सँगै बसी पारिवारिक जीवन स्थापना गरी जीवनयापन गर्नु पनि उल्लेख गरिएको छ ।
यस्तै उपदफा ४ मा पति र पत्नीले एक अर्कोलाई सहयोग, संरक्षण र सम्मान गर्नु पर्ने भन्दै पत्नी पतिकै घरमा बस्नुपर्ने भनिएको छ । ऐनमा भनिएको छ, ‘ पति र पत्नीले आपसी समझदारीमा छुट्टै बासस्थान निर्धारण गरेकोमा बाहेक पत्नीको वासस्थान पतिको घरमा कायम भएको मानिनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया