जवरजस्ती धर्म परिवर्तन गराउनेलाई कारबाही गर्न माग

काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले काठमाडौंका विभिन्न बाल गृह र विद्यालयहरुमा जवर्जस्ती श्रृङखलारुपमा  आश्रित र अध्ययनरत बालबालिकालाई धर्मपरिवर्तन गराई क्रिश्चियन बनाईएको प्रति आपत्ती जनाउँदै  काठमाडौका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य समक्ष ज्ञापनपत्र बुझाएको छ।

कोटेश्वरस्थित गुड सेफर्ड स्कुलमा गरिब बालबालिकाहरूलाई जबर्जस्तीरुपमा क्रिस्चियन बनाइएको कुरा बाहिर आएपछि राप्रविसंले चौविस घण्टाभित्र गुड सेफर्ड स्कुललाई कारबाहीको दायरा ल्याउन र जवर्जस्ती धर्म परिवर्तन गराउने कानुन विपरितका कार्य तत्काल बन्द गराउन लगायत विषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाइएको उक्त संगठनका वरिष्ठ उपाध्यक्ष शशि भण्डारीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?