काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल आगामी माघदेखि दैनिक आठ घण्टा बन्द हुने भएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले धावन मार्गको पिच फेर्नको लागि ठेकेदार छानैटको काम भइरहेको र आगामी माघदेखि दैनिक ८ घण्टा विमानस्थल बन्द गरेर काम गरिने जानकारी दिएका हुन् ।
‘सन् १९७५ देखि विस्तार हुँदै आएको त्रिभुवन विमानस्थलको पुरानो पिचको आयु सकिएको छ । आजभन्दा १० वर्ष अघि नै पुर्नर्निमाण हुनुपर्ने विमानस्थलको पिच अहिलेसम्म निर्माण हुन सकेको छन्,’ उनले संसदमा भने ।
साथै उनले समय तालिका बनाएर दिनको ८ घण्टा विमानस्थल बन्द गर्ने तयारी गरेको बताए ।
आगामी माघसम्ममा भैरहवामा धावनमार्ग बनिसक्ने र त्यहाँ आपतकालीन उडान सम्भव हुने उड्डयनमन्त्री अधिकारीले बताए । त्यसबीच चार महिनामा धावनमार्गको पिच फेर्ने काम पनि सकिने उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया