काठमाडौं । नयाँ मुलुकी ऐन अन्तर्गत अब श्रीमतीको मञ्जुरी बिना पनि श्रीमानले सम्बन्ध विच्छेद गर्न पाउने भएको छ ।
भदौ १ गतेदेखि लागू हुने नयाँ मुलुकी ऐनमा सो कुरा उल्लेख गरिएको छ ।
मुलुकी अपराध (संहिता) ऐनको भाग ३ को परिच्छेद–३ मा सम्बन्ध विच्छेद सम्बन्धी पति वा पत्नी दुवैले चाहेमा जुनसुकै बेला पनि सम्बन्ध विच्छेद गर्न सकिने उल्लेख गरिएको हो ।
ऐन परिच्छेद ३ को ९४ (क) मा पतिले सम्बन्ध विच्छेद गर्न सकिने उल्लेख गरिएको छ ।
जस अनुसार अंश लिई तीन वर्षभन्दा बढी समय अलग्गै बसेमा पत्नीको मञ्जुरी विना नै सम्बन्ध विच्छेद गर्न सकिने छ । त्यस्तै (ख) मा पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा (ग) पत्नीले पतिको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा पनि पतिले पनि सम्बन्ध विच्छेद गर्न सकिने छ । यसैगरी (घ) मा पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा पनि पतिले पत्निको मञ्जुरी बिना नै सम्बन्ध विच्छेद गर्न सकिने ऐनको परिच्छे ३ मा उल्लेख गरीको छ ।
सम्बन्ध विच्छेद गर्न चाहने पति अदालतमा निवेदन समेत दिन सक्ने उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया