१० किलो चरेशसहित ६ जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त दरबारमार्गले लाजिम्पाट क्षेत्रबाट १० किलो चरेशसहित ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बाग्लुङ घर भई गोंगबु बस्दै आएका २४ वर्षीय रोजन छन्त्याल, गोंगबुका २० वर्षीय बिशाल मगर, काभ्रे घर भई डल्लु बस्ने २३ वर्षीय राम मगर, कास्की घर भई डल्लुमै बस्दै आएका २७ वर्षीय सञ्जय सुवेदी, बाग्लुङ घर भई गोंगबु बस्ने २४ वर्षका सुजन मगर र रोल्पा घर भई नयाँ बसपार्क बस्दै आएका ३४ वर्षीय शेरबहादुर पुन मगर लाई पक्राउ गरेको हो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?