काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सांसदहरुलाई सरकारको नीति तथा कार्यक्रमविरुद्ध सशक्त रुपमा पेस हुन निर्देशन दिएका छन् ।
आज बसेको एमाले संसदीय दलको बैठकमा ओलीले उक्त निर्देशन दिएका हुन् ।
‘बैठकमा अध्यक्षज्यूले सरकारको प्रस्तुत नीति तथा कार्यक्रमको बुँदा बुँदाको चर्चा र विष्लेषण गर्नुभयो,’ एमाले नेता भीम रावलले भने, ‘उहाँले संसदमा सशक्तरुपमा पेश हुन आग्रह गर्नुभएको छ ।’
बैठकमा ओलीले सरकारले नीति तथा कार्यक्रममा नेपालको स्वतन्त्र परराष्ट्र नीतिविपरीत कार्यक्रम राखेको उल्लेख गरेका थिए ।
संविधानको विपरीत, राष्ट्रहितविपरीतका कुरालाई सशक्तरुपमा उठाउन उनले सबैलाई आग्रह गरेका थिए ।
बैठकमा निर्वाचनको विषयमा गम्भीर छलफल नभएको नेता रावलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया