रोल्पा नगरपालिकाको मेयरमा माओवादीका सुरेन्द्र थापा विजयी

लोकपथ
497
Shares

काठमाडाैं । रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। मतपरिणामअनुसार माओवादीका सुरेन्द्र थापा (घर्ती) मेयरमा निर्वाचित भएका छन् । विजयी सुरेन्द्रले ७ हजार ६०३ मत हासिल गरेका छन् ।

निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका शेरबहादुर थापाले ३ हजार ६५८ मत पाएका छन् ।

साथै उपमेयरमा माओवादी केन्द्रकै गीता आचार्य विजयी भइन् । उनले काँग्रेसकी पुष्पा श्रेष्ठलाई पराजित गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?