चलचित्र सम्झना बिर्सनाको प्रदर्शन मिति सर्‍यो

लोकपथ
140
Shares

काठमाडौं । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अभिनित चलचित्र सम्झना बिर्सनाको प्रदर्शन मिति सरेको छ।

स्थानीय तहको निर्वाचनका कारण जेठ ३ गते प्रदर्शन हुने भनिएको चलचित्र सारिएको हो।

निमेश प्रधानको निर्देशन रहेको चलचित्रमा आकाश र पूजासँगै छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर रानालगायतका कलाकारको अभिनय रहेको छ। फिल्मको कथा तथा पटकथा निर्देशक प्रधानले नै तयार पारेका हुन्।

निर्माण पक्षले नयाँ प्रदर्शन मिति केही दिनपछि सार्वजनिक गर्ने जानकारी दिएका छन्। मंगलबार फिल्मको शीर्ष गीत सार्वजनिक गर्ने तयारी गरिएको थियो।

दार्जिलिङ, सिक्किम र नेपालको जीवनको प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्ममा अदुत्य प्रधान र रेबेका प्रधानको लगानी छ।
शिव ढकालले छायांकन गरेको फिल्मलाई तारा थापाले सम्पादन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?