हलिउड चलचित्र अवतार : द वे अफ वाटरको ट्रेलर सार्वजनिक

लोकपथ
676
Shares

काठमाडौं । हलिउड चलचित्र अवतार : द वे अफ वाटरको ट्रेलर रिलिज भएको छ।

निर्देशक जेम्स क्यामरुन र जोन लन्डानौले निर्माण गरेको फिल्ममा सोइ साल्डना, सेम वरिङटन, सिगौरने विभर, स्टेफेन ल्याङ, क्लिफ कर्टिसलगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रको सार्वजनिक ट्रेलर मा पानीमुनि विभिन्न निलो जीवहरूलाई देखाइएको छ भने चलचित्रमा सुलि परिवारका जेक, नियतिरी र उनीहरूका सन्तानको संघर्ष र जीवनका लागि लडाईंलाई प्रस्तुत गरिएको छ।

यही डिसेम्बर १६ तारिखमा प्रदर्शनमा आउने चलचित्रलाई पूर्ण रूपमा अन्डरवाटर (पानीमुनि) छायांकन गरिएको छ।

यो चलचित्र विश्वभर प्रदर्शन गर्नका लागि एक सय ६० भाषामा डब पनि गरिने भएको छ। चलचित्रको लगानी २५० मिलियन अमेरिकी डलर (करिब तीस अर्ब ९५ करोड ४० लाख रूपैयाँ) रहेको छ।

सन् २००९ मा प्रदर्शन भएको अवतारले २.८४ बिलियन अमेरिकी डलर कमाएको थियो जसले विश्वव्यापी रूपमा सबैभन्दा बढी कमाई गर्ने चलचित्रको किर्तिमानी कायम राखेको थियो।

१३ वर्ष अगाडि प्रदर्शन भएको चलचित्र ‘अवतार’ डिज्ने स्टुडिओले पुनः प्रदर्शन गर्ने भएको छ। यो चलचित्र असोज ७ गतेबाट नेपाल र भारतमा प्रदर्शन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?