‘हरर ​​साइन्स फिक्सन’ फिल्म लिएर आउदै छिन् सामन्था, फर्स्ट लुक्स सार्वजनिक

लोकपथ
182
Shares

काठमाडौं । भारतको हिन्दी भाषी राज्यहरूमा साउथ फिल्महरूको क्रेज यति बढेको छ कि अहिले मानिसहरू बलिउडका फिल्महरूका लागि जत्तिकै साउथ फिल्मका लागि उत्साहित छन्।

यही उत्साहलाई मध्यनजर गर्दै आज हामी तपाईलाई अर्को साउथ फिल्मको बारेमा बताउन गइरहेका छौँ । पुष्पा: द राइज स्टारपछि सामन्था रुथ प्रभु आफ्ना फ्यानहरूका लागि हरर र साइन्स फिक्सन फिल्म ल्याउने तयारीमा छिन्।

सामन्था रुथ प्रभु

फ्यानहरुको उत्साह बढाउनका लागि ‘यशोदा’ नामको यो फिल्मको फस्र्ट लुक पनि सार्वजनिक गरिएको छ ।

साउथ सुपरस्टार सामन्था रुथ प्रभु अभिनित फिल्म ‘यशोदा’ को पहिलो झलक सार्वजनिक भएको छ । चलचित्रमा उनले ‘यशोदा’ नामकी केटीको भूमिका निर्वाह गरेकी छिन् । बिहीबार रिलिज भएको भिडियोमा रमाइलो पृष्ठभूमि संगीतका साथ रोमाञ्चक दृश्यहरू छन्। निर्माताका अनुसार यशोदा साइन्स फिक्सन थ्रिलर फिल्म हो ।

सामन्था रुथ प्रभु

सामन्थाले यो भिडियो आफ्नो आधिकारिक ट्विटर र इन्स्टाग्राममा सेयर गर्दै लेखेकी छिन्, ‘हाम्रो फिल्मको पहिलो झलक तपाईहरु सबैसँग प्रस्तुत गर्न पाउँदा म निकै उत्साहित छु । फिल्मलाई हरिशंकर र हरिश नारानले लेखन तथा निर्देशन गरेका हुन् ।

‘यशोदा’ मा सामन्थासँगै तमिल अभिनेत्री वरलक्ष्मी सरथ कुमार र अभिनेता उन्नी मुकुन्दन पनि मुख्य भूमिकामा छन् ।
‘यशोदा’ तेलुगुलगायत हिन्दी, तमिल, मलयालम र कन्नड भाषामा १२ अगस्ट मा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?