विवाहपछि पहिलो पटकसँगै देखिए रणवीर र आलिया

लोकपथ
572
Shares

काठमाडौं । बलिउडका चर्चित स्टार जोडी रणवीर कपुर र आलिया भट्ट लामो समयपछि अन्ततः विवाह बन्धनमा बाँधिएका छन् । यो जोडी लामो समयदेखि आफ्नो सम्बन्ध र विवाहको कारण चर्चामा थियो । दुबैको विवाहलाई लिएर फ्यानहरु निकै उत्सुक थिए ।

रणवीर र आलियाको विवाहपछि अहिले फ्यानहरु पनि खुसी छन् । तर, विवाहपछि यी जोडी आफ्नो फिल्मको सुटिङमा व्यस्त छन् । दुवै विवाहपछि काममा फर्किएका छन् । यसैबीच अहिले सामाजिक सञ्जालमा रणवीर–आलियाको चर्चा छ ।

रणवीर कपुर र आलिया भट्ट

हालै सामाजिक सञ्जालमा दुवै कलाकारको एक भिडियो भाइरल भइरहेको छ । सार्वजनिक भएको भिडियोमा रणवीर र आलिया विवाहपछि पहिलो पटकसँगै देखिएका छन् ।

भिडियोमा जोडी कालो क्याजुअलमा जुम्ल्याहा देखिएका छन् । एक प्रोजेक्टको सुटिङपछि रणवीर र आलियासँगै देखिएका थिए ।

आलिया भट्ट र रणवीर कपूर

सार्वजनिक भएको भिडियोमा रणवीर कालो टि-सर्ट र कालो पजामामा देखिएका छन् । उनले कालो टोपी र सेतो जुत्ता पनि लगाएका थिए । यसै क्रममा अभिनेत्री आलिया भट्ट पनि कालो रंगको शर्ट र प्यान्टमा श्रीमान्सँग देखिएकी थिइन् । यो भिडियो सार्वजनिक हुने बित्तिकै फ्यानहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?