‘भारत’ फिल्मबाट प्रियंका चोपडा ‘आउट’

मुम्बई – केही वर्षसम्म हलिउडमा समेत आफ्नो छाप बनाएकी प्रियंका चोपडा बलिउडमा फर्किएकी थिइन् । त्यसपछि उनलाई कैयन् फिल्मका अफर आए तर उनले फिल्म ‘भारत’ लाई रोजिन् ।

अली अब्बास जफरको यो फिल्ममा प्रियंकालाई सलमान खानसँँग देखिनेवाला थियो तर एक खबरका अनुसार उनलाई फिल्मबाट आउट गरिएको छ ।

खबरका अनुसार प्रियंका चोपडा फिल्मबाट बाहिर भएकी छिन् । यो खबरमाथि धेरैलाई विश्वास त छैन तर फिल्मका निर्देशकले यसबारेमा आफै बताएका छन् । प्रियंका यो फिल्ममा हुने पनि अली अब्बासले नै बताएका थिए । अब बाहिरिने खबर पनि निर्देशकले नै बताएका छन् ।

अब्बासले एक ट्वीट गर्दै लेखेका छन्, अब प्रियंका भारत फिल्मकी हिस्सा बनिनन् ।

प्रियंका र निक जोनासको रिलेशनको बारेमा थाहा भएपनि यसबारेमा अरु खासै केही कुरा बाहिर आएको थिएन । अब प्रियंका यो फिल्मबाट बाहिरिँदै छिन् त निकका लागि पनि यो ठूलो खबर हुनसक्छ ।

अब फिल्ममा कुन नयाँ नायिका हुन्छिन् भन्ने अहिले खुलाइएको छैन । यो फिल्मले ठूलो प्रोजेक्ट भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?