मोरङमा वडा सदस्य उम्मेदवारको मृत्यु

लोकपथ
476
Shares

काठमाडौं । मोरङको केराबारी गाउँपालिकामा वडा सदस्य पदका १ उम्मेदवारको मृत्यु भएको छ।नेपाली कांग्रेसबाट केराबारी वडा नम्बर २ का वडा सदस्यका उम्मेदवार नवीन लिम्बुको शुक्रबार बिहान मृत्यु भएको हो ।

अघिल्लो दिन भोट माग्ने अभियानमा सक्रिय भएर स्वस्थ अवस्थामा सुतेका उनी शुक्रबार अचानक बेहोस भएर ढलेको गाउँपालिका निवर्तमान अध्यक्ष रोहितबहादुर कार्कीले बताए ।

उपचारका लागि केराबारी बजारतर्फ ल्याउँदै गर्दा लिम्बुको बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । मृत्युको कारण पत्ता लगाउन पोष्टमार्टमका लागि पठाइएको कार्कीले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?