चितवन । ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेणु दाहालविरुद्ध बागी उम्मेदवारी परेको छ ।
भरतपुरमा तालमेल गरेर जाने भएसँगै कांग्रेसले आफूहरुको भागमा महानगरको प्रमुख पाउनुपर्ने दाबी गर्दै आइरहेको थियो । तर ६ महानगर मध्ये भरतपुर माओवादीले पाएसँगै जगन्नाथ पौडेलले रेणुविरुद्ध बागी उम्मेदवारी दिए ।
गठबन्धनमा भाडभैलो आउन सक्ने भन्दै नेपाली कांग्रेस केन्द्रले चितवन कांग्रेसलाई फकाउँन थालेको छ । सो क्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई चितवन गएर बागी उम्मेदवारलाई हेर्न आग्रह गरेका छन् । आज गृहमन्त्री खाँण बागी उम्मेदवार पौडेललाई फकाउन चितवनतर्फ जाँदैछन् ।
आज राज्यमन्त्री उमेश श्रेष्ठले बागी उम्मेदवार पौडेललाई भेट गरेका छन् । उनले पौडेलसँगको भेट सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । भने गृहमन्त्री खाँणसँगको भेटपछि थप सकारात्मक हुने उनको धारणा रहेको छ ।
यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत कांग्रेस र माओवादी केन्द्र तालमेल गरेर गएको थियो । जसमा हालकी मेयर रेणु दाहाल निर्वाचित भएकी थिइन् भने उपमेयरमा कांग्रेसका उम्मेदवार बिजयी भएका थिए ।
दुवै पटक भरतपुरमा माओवादीलाई छोड्न नसकिने भन्दै चितवन कांग्रेसले विरोध जनाउँदै आएको थियो । ६ महानगर र ११ उपमहानगरमा पूर्ण तालमेल भए पनि अन्य स्थानीय तहमा आवश्यक्ता अनुसार तालमेल गरेर जाने गठबन्धनको निर्णय गरेको थियो । त्यस अनुसार कतिपय ठाउँमा गठबन्धनका उम्मेदवारहरुविरुद्ध बागी परेको छ । कांग्रेसले गठबन्धनको उम्मेदवारविरुद्ध परेको बागी झिक्न कांग्रेसले निर्देशन समेत दिइसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया