केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउँछु : गगन थापा

लोकपथ
2.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तथ्यभन्दा बाहिर गएर कुरा नगर्न आग्रह गरेका छन् ।

बुधबार एक सार्वजनिक कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका महामन्त्री थापाले ओलीले तथ्यभन्दा बाहिर गएर बोलेका कारण आफूले त्यस विषयमा समय मिलाएर छलफल गर्ने समेत बताए ।

कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा कटाक्ष होस् या आफूले सार्वजनिक गरेको समुन्नति पत्रबारे कटाक्ष गरेको भन्दै त्यसबारे आफूले ओलीसँग छलफल गर्ने बताए ।

बुधबार स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरुको भूमिका विषायक कार्याक्रममा बोल्दै ओलीले कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रविरुद्ध बोलेकोप्रति जवाफ फर्काएका हुन् ।

‘जे पनि चोर्‍यो चोर्‍यो भन्नुहुन्छ । त्यसमा धेरै फरक छ । त्यसबारे म बालकोटै गएर केपी ओलीलाई ट्यूसन पढाउँछु’, थापाले भने ।

त्यस्तै कांग्रेसको घोषणापत्रमा ओलीले गरेको कटाक्षप्रति टिप्पणी गर्दै ओलीले जसले ओलीलाई झुट बोल्ने बताए ।

‘केपी ओलीले मुख छाड्न थाल्नुभयो भन्ने कुरा कुनै नयाँ कुरा होइन’, उनले भने, ‘जसको मुखमा अंगार छ उसले ओकल्ने कालै हो । केपी ओली झुट बोल्नुहुन्छ । कसैले यु आर लायर भन्यो भन्यो उहाँले भन्ने शब्द हो पागल ।’

ओलीले मंगलबार एक सार्वजनिक कार्यक्रममा बोल्दै कांग्रेसको घोषणापत्रलाई पागलहरुको पत्रको संज्ञा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?