हाल देशको पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ। जसका कारण बुधबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहेको छ ।
तर, दिउँसो प्रदेश १ का पहाडी भूभागका केही स्थानहरू र गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै गण्डकी प्रदेश र प्रदेश १ को पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बागमती प्रदेश र मधेश प्रदेशमा आंशिक बदली रहनेछ ।
राति भने प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया