काठमाडौं । कन्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ४ को अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा भक्त बहादुर खत्रीले उम्मेदवारी दर्ता गराएका छन् ।
सोमबार खत्रीले प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा वडाध्यक्षको उम्मेदवारी दर्ता गराएका हुन् ।
लामो समय नेपाली काङ्ग्रेसको कृयाशिल सदस्य रहि कृष्णपुर नगरपालिकाको पूर्व नगर सभापति र हाल कंचनपुर क्षेत्र नं २ का क्षेत्रीय कोषाअध्यक्ष समेत रहेका छन् ।
लामो समयदेखी गरेको सेवा र योगदानलाई जनताले अवस्य स्थान दिनेछन भन्ने उनको भनाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया