पत्रकार महासंघको पूर्वसभापति मेयरको दौडमा

लोकपथ
49
Shares

इलाम । नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्वसभापति धिरेन चेम्जोङ मेयरको दौडमा होमिएका छन् ।

इलाम नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट टिकट पाएपछि चेम्जोङ चुनावी दौडमा होमिएका हुन् ।

पत्रकार महासंघ इलाम शाखाको संस्थापकमध्येका एक चेम्जोङ इलाम शाखामा दुई कार्यकाल सभापति भएका थिए ।

उनले पत्रकार महासंघको साधारण सदस्यबाट पनि राजीनामा गरेका छन् । सोमबार मनोनयन दर्तापछि चेम्जोङले पत्रकार महासंघ इलाम शाखामा राजीनामा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?