वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको संख्या ७१ हजार नाघेको छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार हालसम्म ७१ हजार २३७ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारको विवरण संकलन कार्य जारी रहेकाले यो संख्या बढ्दै जाने आयोगको भनाइ छ ।
आयोगका अनुसार प्रमुख पदमा २ हजार ११८ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्षमा २ हजार २२१ जनाले उम्मेदवारी दिएका छन् । यस्तै उपप्रमुख पदमा १३१८ जना तथा उपाध्यक्ष पदमा १५४४ जनाले उम्मेदवारी दिएका छन् । यसैगरी वडाध्यक्षमा १७ हजार ७०१ जनाले उम्मेदवारी दिँदा महिला सदस्य पदमा १० हजार ३७१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी हालसम्म सदस्य पदमा उम्मेदवारी दिनेको संख्या २४ हजार ३०९ जना पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया