काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
भरतपुर महानगरको मेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी नेतृ रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।
निर्वाचन अधिकृतको कार्यालयमा र्यालीसहित पुगेर दाहालले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।
त्यसैगरी उपमेयरमा गठबन्धनकै साझा उम्मेदवारको रुपमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । अधिकारी कांग्रेसको भरतपुर महानगरपालिका कमिटीका सभापति हुन् ।
हाल सत्ताको नेतृत्व गरिरहेको गठबन्धनका तर्फबाट भरतपुर महानगरमा माओवादीले मेयर र कांग्रेसले उपमेयरमा उम्मेदवारी दिने सहमती भएको थियो । सोही अनुसार आज दाहाल र अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन् ।
३० वैशाखमा हुने निर्वाचनका लागि आइतबार र सोमबारका लागि मनोनयन दर्ताको समय छुट्टयाइएको छ । सो अनुसार आज देशभर मनोनयन दर्ता भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया