कांग्रेसबाट पोखराको उपमेयर उम्मेदवारमा सुरेन्द्रमान विजुक्छे

लोकपथ
56
Shares

पोखरा । पोखरा महानगरपालिकाको उपमेयरको टिकट सुरेन्द्रमान विजुक्छेले पाएका छन् ।

कांग्रेस महानगर सभापतिसमेत रहेका विजुक्छेलाई कांग्रेस केन्द्रीय समितिले टिकट दिएको हो । गठबन्धनका आधारमा पोखराको उपमेयर कांग्रेसले पाएको छ भने मेयर एकीकृत समाजवादीले पाएको छ ।

योसँगै पोखरामा सत्ता गठबन्धनले मेयर उपमेयर दुवै पुरुष उठाएको हो । मेयरमा समाजवादीका जिल्ला अध्यक्ष धनराज आचार्यले टिकट पाइसकेका छन् । प्रदेश कार्यसमितिको सिफारिसको आधारमा विजुक्छेलाई टिकट दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?