मनोनयनको दिन कांग्रेस मादीले टुंग्यायो आन्तरिक चुनावबाट उम्मेदवार

लोकपथ
98
Shares

पोखरा । नेपाली कांग्रेसले कास्कीको मादी गाउँपालिकाको उम्मेदवार मतदानबाट टुंग्याएको छ । धेरै आकांक्षी भएपछि पार्टीभित्रै मतदान प्रक्रिया अपनाइएको हो ।

मतदानबाट यसअघि २०७४ मा पराजित भएका देवीजंग गुरुङ नै अध्यक्षको उम्मेदवार हुने भएका छन् । गाउँपालिका पार्टी कार्यसमितिको १४ सदस्यीय संसदीय बोर्डमा मतदान गरिएको हो ।

देवीजंग गुरुङ, अर्जुन गुरुङ र लेखबहादुर गुरुङबीच प्रतिस्पर्धा भएको थियो । देवीजंगको पक्षमा ७, अर्जुनको पक्षमा ५ र लेखबहादुरको पक्षमा २ मत परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?