सुन काण्डले खोसियो एमाले पोखरा महानगरमा मेयरका उम्मेदवारको टिकट

लोकपथ
1.4k
Shares

काठमाडौं । पोखरा महानगरपालिकामा एमालेले उठाएको मेयरको उम्मेदवारको चौतर्फी आलोचना भएपछि टिकट खोसिएको छ ।

यसअघि नेकपा एमालेले पोखरा महानगरको मेयरमा दिपक पौडेललाई उठाउने निर्णय गरेको थियो । तर पुराना भिडियोहरु सार्वजनिक गर्दै विवाद परेपछि उनको टिकट खोसेर कृष्ण थापालाई टिकट दिने निर्णय गरेको हो ।

कास्कीको एमालेमा केन्द्रीय सदस्यद्वय खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङबीच ठूलो आन्तरिक द्वन्द्ध रहेको छ । पहिले गुरुङ प्यानलका पौडेललाई टिकट दिइएको थियो । तर उनको पूराना भिडियोहरु सार्वजनिक भएसँगै उनलाई हटाएर अधिकारी प्यानलका थापालाई टिकट दिइएको हो ।

शनिबार एमाले सचिवालय बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर उनीमाथि सुन चोरीको आरोप लागेर भिडियोहरु भाइरल भएसँगै उनलाई एमालेले ब्याक हटाएको हो ।

त्यसैगरी पोखरा महानगरको उपमेयरमा भने मञ्जु गुरुङ नै उम्मेदवार बन्ने भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?