स्थानीय निर्वाचन : आज ठूला दलले उम्मेदवारी दर्ता गराउँदै

लोकपथ
35
Shares

आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको मनोनयनको आज अन्तिम दिन । आइतबारदेखि नै उम्मेदवारी दर्ता सुरु भएपनि ठूला दलहरुले आजमात्रै उम्मेदवारी दर्ता गराउने भएका छन् । उम्मेदवारी नटुंगिएकाले ठूला दलले आजलाई भाका राखेका हुन् ।

देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

यही वैशाख ८ गते देशभरका स्थानीय तहका केन्द्र रहेका स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका थिए । कानुनबमोजिम स्थानीय तह सदस्यको निर्वाचनमा उम्मेदवार बन्न योग्यता पुगेका कुनै पनि व्यक्तिले कुनै पनि समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने आयोगले जनाएको छ ।

स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवारी दिने व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी राखेको बैङ्क भौचर वा नगद रसिद, दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र र सम्बन्धित स्थानीय तहको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको तथा वडाध्यक्ष र वडा सदस्यले सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा तथा उम्मेदवारको स्वघोषणा पेस गर्नुपर्नेछ । दलित महिला वडा सदस्यले दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पनि पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?