काठमाडौं । हेम बहादुर मल्ल सम्मान, २०७६ सूर्यनाथ उपाध्यलाई प्रदान गरिने भएको छ । उपाध्यायले राज्यको उच्च ओहदामा रहेर सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवी उच्च बनाउँदै अन्यर्राष्ट्रिय क्षेत्रमा समेत नेपालीको पहिचान निर्माण गर्न सफल भएको भन्दै उनलाई सो सम्मान दिन लागिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त भइ भ्रष्ट्राचार नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका रहेको छ ।
उक्त सम्मान छनोटको लागि पूर्वमन्त्री माधव पौडेलको संयोजकत्वमा नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्ट ट्रेडिङ, लिमिटेडका तत्कालिन अध्यक्ष लक्ष्मीदास मानन्धर, पूर्वसचिव पुन्य प्रसाद न्यौपाने र पूर्वसचिव प्रभा लामा लगायत सदस्य रहेका थिए ।

यसअघि पनि केदारभक्त माथेमा, चादनी जोशी, डा. भगवान कोइराला, डा. विमल कोइराला, महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुंगाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, र डा. गौरीशंकर दास सम्मानित भइसकेका छन् ।
उक्त सम्मान प्राप्त गर्नेमा उपाध्याय सत्रौँ व्यक्ति हुन् ।
उपाध्यायलाई आगामी वैशाख ११ गते राष्ट्रपति भवनमा विशेष समारोहकाबीच सम्मान प्रदान गरिनेछ । सोही दिन उपाध्यायले नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा मन्तव्य राख्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया