काठमाडौं । सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धी देशको एकमात्र प्रदर्शनी क्यान इन्फोटेकको २७ औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।
बैशाख ७ देखि १२ गतेसम्म ६ दिन आयोजना हुने आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको समुद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल,नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, प्रधानमन्त्रीको सूचना प्रविधि बिज्ञ दिपेश बिष्ट, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्त, नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डे एवं क्यान महासंघका संस्थापक, निवर्तमान तथा पुर्व अध्यक्षहरु लगायत मुख्य प्रायोजक आइएमइ पेका अध्यक्ष हेमराज ढकाल र सह-प्रायोजक एससिटीका प्रमुख कार्यकारी अधिकृत नारायण भुजु लगायत सूचना तथा संचार प्रविधिको क्षेत्रका अग्रजहरुको सहभागिता रहेको थियो ।

समुद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ईन्टरनेटमा करको दर पुनरावलोकन लगायत क्यान महासंघ लगायतका निजि क्षेत्रबाट उठाएका मुद्धाहरु, हाम्रो विगतको अनुभव, विगतमा हामिले तयार पारेका नितिहरु तथा समय अनुरुप बदलिएको सोच अनुरुप सुचना तथा संचार प्रविधि निति ल्याउने गरी कार्य गरिरहेको बताउँदै क्यान इन्फोटेकको २७औँ संस्करणमा स्टार्टअप र इन्नोभेशनलाई पनि प्राथमिकतामा राखेर हुँदै गरेकोमा खुशी व्यक्त गरेका थिए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सूचना तथा संचार प्रविधिले विकासको निम्ति ड्राईभरको काम गर्न सक्ने तथा यसको प्रयोगबाट व्यापार गर्ने लागत घटाउन मद्दत पुग्ने र राष्ट्रिय योजना आयोगले सोहि अनुरुप नै कार्य गरिराखेको कुरा राखेका थिए ।
नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले क्यान इन्फोटेकले मुलुकलाई समृद्ध बनाउन नेपालमा रहेका प्रविधिहरुको उपलब्धताको बारेमा जानकारी दिने र सोहि कारण नास्टले क्यानसंग सहकार्य गरिरहेको बताए ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका नौलो प्रविधिहरूको प्रदर्शन गर्ने उद्देश्यसहित प्रदर्शनी आयोजना गरिएको क्यान महासंघका अध्यक्ष नवराज कुँवरले जानकारी दिए ।
कोभिड- १९ का कारण पटक-पटक स्थगित भएर संचालन हुनै लाग्न थालेको क्यान इन्फोटेकको २७औँ संस्करण आज वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ६ दिन आयोजना हुन गइरहेको छ । सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धी देशको एकमात्र तथा सबैभन्दा ठुलो प्रदर्शनी (Exhibition) को यो २७औँ संस्करणको शिर्ष प्रायोजन (Title Sponsor)आइएमई पेले गरेको छ भने सह-प्रायोजक (Associate Sponsor) एससिटी स्मार्ट क्युआर युनियन पे रहेको छ ।
विगतका वर्षहरुमा साधारणतया पुस/माघ/फाल्गुण (Jan/Feb) महिनामा आयोजना भइरहेको क्यान इन्फोटेक, करीब ३ महिना ढीला गरी आयोजना हुँदैछ। यसको आयोजनाले सन १९९५ मा इन्फोटेकको पहिलो संस्करण शुरु गर्दै गरेको अवस्थामा परिकल्पना गरिएका उद्देश्यहरु पुरा गर्न तथा देशमा सुचना तथा संचार प्रविधिको विस्तार, प्रयोग तथा ठोस विकासमा सहयोग पुग्नेछ भन्ने अपेक्षा क्यान महासंघले लिएको छ ।
यो संस्करणको प्लाटिनम प्रायोजक – वर्ल्डलिङ्क कम्युनिकेसन, डायमण्ड प्रायोजक – डिस होम फाइवरनेट, गोल्ड प्रायोजकमा – जेनेरेसन नेक्स्ट र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, सिल्भर प्रायोजकमा – नमस्ते पे, डिजिकम, एस-पावर बिपिइ, ब्रोडवे इन्फोसिस, हुवावे टेक्नोलोजी -In Nepal, For Nepal र टेकमिन्ट रहेका छन् ।
त्यसैगरी, इन्नोभेसन पार्टनर (Innovation Partner) सफ्टवेरिका कलेज, एकाडेमिक पार्टनर (Academic Partner) को रुपमा सनवे कलेज, लजिस्टिक पार्टनरमा एक्सल्याब (x-Lab), इकमर्स पार्टनर (eCommerce Partner ) सोचेको डट कम र डिजिटल डिस्प्ले पार्टनर (Digital Display Partner ) को रुपमा अल्ट्रा एल.इ.डि. (Ultra LED) रहेका छन्।
क्यान इन्फोटेकको यो संस्करणमा www.caninfotech2022.com मार्फत विश्वव्यापी रुपमा सहभागिता हुनसक्ने गरि भर्चुअल प्रदर्शनी (Virtual Exhibition) समेतको व्यवस्था गरिएको छ । उक्त भर्चुअल प्रदर्शनी (Virtual Exhibition)को निम्ति मण्डला सिस्टमले भर्चुअल एक्जिविसन पार्टनर (Virtual Exibition Partner) को रुपमा क्यान महासंघसंग सहकार्य गरेको छ ।
त्यसैगरी, प्रदर्शनीमा गुणस्तरीय खाना तथा नास्ताको प्रवन्ध गर्न रेबान (REBAN)सँग सहकार्य गरिएको छ । यसैगरी प्रदर्शनीको अफिसियल बैंकको रुपमा ग्लोबल आइएमई बैंक, अफिसियल इन्स्योरेन्सको रुपमा आइएमई जनरल इन्स्योरेन्स रहेका छन् । क्यान इन्फोटेकमा सिसिटिभि सर्भेलेन्स पार्टनरको रुपमा टेक वर्ल्ड डिस्ट्रिब्युसन, सोसिएल पार्टनरको रुपमा रुटीन अफ ईडुकेसन, एस एम एस पार्टनरको रुपमा स्पारो एस एम एस संग सहकार्य गरिएको छ ।
ईन्फोटेकलाई नेपाल सरकार सञ्चार तथा सुचना प्रविधी मन्त्रालय, सुचना प्रविधी विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुविसु केवलनेट, भायानेट, रोबोटिक्स एसोसियसन अफ नेपाल लगायत अन्तराष्ट्रिय संस्था विट्सा (World Innovation Technology Services Alliances), असोसियो (Asian Ocean Computing Industry Organisation) को प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग एवं समर्थन रहेको छ ।
क्यान इन्फोटेक २०२२ मा १७० स्टलहरु विभिन्न खण्डमा रहेका छन् जसमा ब्राण्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेशन, आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ मुख्य खण्ड रहेका छन् ।
ब्राण्डिङ खण्डमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी ४८ वटा कम्पनी एवं उत्पादनहरुको सहभागिता रहेको छ।
फिन्टेक खण्डमा नेपालमा रहेका बैंक तथा बित्तिय एवं सम्बन्धित १२ वटा संस्थाहरुको सुचना तथा संचार प्रविधिको प्रयोगले प्रवाह हुने सेवा तथा यस सम्बन्धि उत्पादनहरु रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया