आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
119
Shares

१. लामो छलफलपछि सत्तारुढ गठबन्धनले टुंग्यायो ६ महानगर र ११ उपमहानगरको भागबण्डा, कांग्रेसलाई काठमाडौंसहित ३ महानगर र ७ उपमहानगरमा मेयर दिने सहमति ।

२. युवामा मिहेनत नगर्ने बानी भए हटाउनुपर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, ‘समृद्ध नेपाल सुखी नेपाली’ परिकल्पना पूरा गर्ने अठोटबाट आफू खुशी भएको प्रतिक्रिया ।

३. राप्रपा नेपाल, परिवार दल र जनमोर्चाको विद्रोही समूहसँग तालमेल गर्न एमालेको सर्कुलर, अवस्था हेरेर आ–आफ्नो क्षेत्रमा आवश्यकताअनुसार सहमति कार्यान्वन गर्न निर्देशन ।

४. आफ्नो स्थानीय तहको ठेक्कापट्टामा संलग्न भए उम्मेदवार बन्न नपाइने सर्वोच्चको आदेश, अन्यत्र ठेक्का लिएकालाई उम्मेदवारी दिन रोकावट नहुने ।

५. दलहरुको चुनावी गठबन्धनप्रति मानवअधिकार आयोगको असन्तुष्टि, निर्वाचनमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न सबै राजनीतिक दललाई आग्रह ।

६. कम्युनिस्ट पार्टीको भर नहुने भएकाले जुनसुकै बेलामा रङ्ग बदल्न सक्ने कांग्रेस महामन्त्री गगन थापाको भनाइ, कांग्रेसले आफ्नो तागतले चुनाव लड्ने गरी लाग्नुपर्नेमा जोड ।

७. पोखराको मेयर एकीकृत समाजवादीलाई दिएको विरोधमा कांग्रेस कार्यालयमा ताला, कांग्रेस कार्यकर्तालाई अपमान हुनेगरी एकीकृत समाजवादीलाई मेयर दिने निर्णय नसच्याउँदासम्म ताला नखोल्ने ।

८. सामाजिक सुरक्षा कोषको परिचयपत्र देखाए उपचार सुविधा पाइने, अब कोषमा सूचीकृत परिचयपत्र देखाएर विभिन्न अस्पतालबाट स्वास्थ्योपचार सेवा लिन सकिने ।

९ हेटौंडामा मेयर पद नपाए एकल उम्मेदवारी दिने कांग्रेसको चेतावनी, कार्यकर्ताको मनोभावनामा ठेस पुगेको भनाइ ।

१० वैदेशिक सहायता प्रतिबद्धता ३२ दशमलव ७ प्रतिशतले घट्यो, आठ महिनामा एक खर्ब २६ अर्ब आर्थिक सहायता प्राप्त ।

११ चालू आर्थिक वर्षको आठ महिनामा पर्यटन क्षेत्रबाट १४ अर्ब ४९ करोड रुपैयाँ आम्दानी, मार्चसम्म ७८ हजारभन्दा धेरै पर्यटक नेपाल भित्रिए ।

१२ आलोचकहरूलाई अनागरिक बनाउँदै म्यानमारको सैन्य सरकार, आफूविरुद्ध आवाज उठाउने नागरिकको नागरिकता खारेजी, सेनाको यस्तो कदम मानवताविरोधी भएको भन्दै आलोचना ।

१३ रुसले फेरि बढायो युक्रेनमा आक्रमण, रुसी रक्षा मन्त्रालयका अनुसार कम्तीमा एक हजार स्थानमा आक्रमण, रुसले किभ कब्जा गर्नसक्ने युक्रेनका राष्ट्रपति जेलेन्स्कीको भनाइ ।

१४ आईपीएल क्रिकेटमा बैंगलोर १८ रनले विजयी, सुपर जाइन्ट्स पराजित, बैंगलोरको जितमा कप्तान फाप डुप्लेसीको ९६ रनको योगदान ।

१५ र लिभरपुलका मोहमद सलाहले प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडविरुद्ध गरे दुई गोल, एकै सिजनमा ५ गोल गरेर नयाँ कीर्तिमान ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?