धनुषा । धनुषाको जनकपुर उपमहानगरपालिका–२२ बसबिट्टी कलभर्टमा सोमबार राति मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी एकजना घाइते भएका छन् ।
दुर्घटनामाा गम्भीर घाइते भएका चालक धनुषा–७ का अन्दाजी ३२ वर्षीय मिश्री साहको उपचारको क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडी सवार कृष्ण दासको सोही अस्पतालमा उपचार भइरहेको छ ।
महोत्तरीबाट जनकपुर तर्फ जादै गरेको ज१प ७४५९ नम्बरको मोटरसाइकल गएराती पौने १० बजे नियन्त्रण गुमाएर पल्टीएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया