स्याङजा। स्याङजाको वालिङ नगरपालिका–१२ डाँडाखर्कस्थित भित्री सडकमा आइतबार बिहान जिप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ ।
वालिङ-१२ का ६० वर्षीय अङ्गबहादुर डालाको आज बिहान उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरामा ज्यान गएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
घाइते अन्य पाँच जनाको भने गण्डकी अस्पतालमा नै उपचार भइरहेको र घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
आइतवार वालिङ नगरपालिका -१२ को फिरफिरेमा जिप दुर्घटना भएको हो । घटनास्थलमा नै चार जनाको र उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा एक बालकको ज्यान गएको थियो ।
जिप ग्रामीण सडकबाट झन्डै दुई सय मिटर तल भिरमा अड्किएको थियो भने जीपमा ११ जना सवार रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया