पाल्पा । पाल्पामा एक जना ७० वर्षीया महिला बलात्कृत भएकी छन् । ती वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दिकोट गाउँपालिका–४ भैरबस्थान बस्ने २७ वर्षीय संजय सुनारलाई आइतबार साँझ पक्राउ गरेको छ ।
सुनारले ती महिलालाई सोही ठाउँस्थित भैरबस्थान मन्दिर नजिकै शनिबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कारको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया