यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजयबहादुर स्वाँर

लोकपथ
105
Shares

काठमाडौं । यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको राष्ट्रिय अध्यक्षमा विजयबहादुर स्वाँर निर्विरोध निर्वाचित भएका छन्।

०७८ चैत्र २७-२९ सम्म भएको राष्ट्रिय महाधिवेशनबाट स्वार निर्विरोध निर्वाचित भएका हुन्।

नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियनमा आवद्ध श्रमिक नेता स्वाँररले यसअघि लगातार तीन कार्यकाल वरिष्ठ उपाध्यक्षको रुपमा काम गरेका थिए। निर्वाचित भइसकेपछि उनले यातायात क्षेत्रमा भएको पुजीको लगानीलाई संरक्षण र सम्बर्द्धन गर्ने बताएका छन्।

उनले सेवाग्राहीहरुलाई सुविधायुत्त सेवालाई प्राथमिकतामा राखेर काम गर्नेसमेत बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?