काठमाडौं । काठमाडौं विश्वविद्यालयसँग सहकार्य गर्दै बीपी कोइराला भारत–नेपाल फाउण्डेशन, काठमाडौं सचिवालयले आज १३१ औं अम्बेडकर जयन्ती मनाएको छ ।
पूर्वसभामुख दमननाथ ढुङ्गाना, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापा, भारतका लागि नेपालका पूर्व राजदूत प्राध्यापक लोकराज बराल र बीपी कोइराला भारत–नेपाल फाउण्डेशनका सचिव नवीन कुमारको उपस्थितिमा नेपालका पूर्वराष्ट्रपति डा. रामवरण यादवले उक्त कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रममा डा. यामबहादुर किसान, कमला हेमचुरी, हरि शर्मा जस्ता विद्वानहरुले आफ्ना भनाइहरु राखेका थिए । कार्यक्रममा काठमाडौं विश्वविद्यालय–नेपाल सेन्टर फर कन्टेम्पररी स्टडीजको पनि आज उद्घाटन गरिएको थियो।
सो अवसरमा नेपालका प्रथम राष्ट्रपति डा. यादवले सामाजिक न्याय र समावेशीकरणका लागि डा. भीम राव अम्बेडकरको योगदान र भारतको संविधान निर्माणमा उनको उल्लेखनीय नेतृत्व र दूरदृष्टिको स्मरण गरे ।
पूर्वसभामुख ढुङ्गानाले नेपालसहित दक्षिण एसियाभरी नै अहिलेको परिपेक्ष्यमा बाबासाहेब अम्बेडकरको संवैधानिकता र विधिको शासनको सन्देशको सान्दर्भिकता माथि प्रकाश पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया